सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन भएको छ ।

सम्वादाता | २०७९ जेठ २० गते १८: २३ मा प्रकाशित

वीरगञ्ज - सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो । मन्त्रालयका सहसचिव डा. गोपिकृष्ण खनालका अनुसार जनप्रतिनिधिलाई ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्र मार्फत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्