वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन विजयी भएको छ । महानगरपालिकाको कार्यापालिकाका ८ सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनमा ८ वटै सदस्य पदमा ४ जना जसपा र ४ जना नेपाली काँग्रेसको उम्मेदवारहरु विजयी भएका हुन् । महानगरमा शुक्रबार भएको कार्यपालिका सदस्य निर्वाचनमा जसपा र नेपाली काँग्रेसले गठबन्धन गरेका थिए भने नेकपा एमालेले र लोसपाले पनि छुटटै गठबन्धन गरेर उम्मेदवारी दिएका थिए ।८ सदस्य पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो । जसपा र नेपाली काँग्रेसले गठबन्धनले ८ वटै सदस्य पद जित हासिल गरेकोे छ । महानगरको कार्यपालिको दलित वा अल्पसंख्यक सदस्यमा गठबन्धनबाट काँग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मिया धोबी र निरन्जन प्रसाद सोनार निर्वाचित भएका हुन् । कन्हैया १०७ , धोेबी १०८ र सोनार ११० मत प्राप्त गरि विजयी भएका हुन् । एमाले लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार अजय कुमार गुप्ताले भने ४७ ,ओम प्रकाश साहले ४८ र राजकिशोर गुप्ताले पनि ४८ मत मात्र पाएका छन् । ५ महिला सदस्यमा पनि गठबन्धनबाट काँग्रेसकी कनिका कौशीक ,नितु कुमारी राम र राधादेवी कार्की तथा जसपाबाट कलावती देवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन् । महिला सदस्यमा निर्वाचित कौशीकले १०९, रामले १११ , कार्कीले १०९ , राजपुतिनले ११३ र खातुनले ११४ मत पाएकी हुन् । एमालेकी अमरी देवी चमारले ४५ ,कान्ति देवीले ४५ ,मन्जु देवीले ४६ र संगीता देवीले ४६ तथा लोसपाकी पतिया देवीले ४३ मत मात्रै पाएकी छन् । जिल्ला समन्वय समिति परिसरमा शुक्रबार बिहान १० बजे देखि दिउँसो २ बजे सम्म चलेको मतदानममा १६२ मतदाता मध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५ महिला र ३ दलित वा अल्पसंख्यक सदस्य गरि कुल ८ सदस्य पदका लागि भएको निर्वाचनमा महानगरमा निर्वाचित मेयर , उपमेयर , ३२ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए् । शुक्रबार भएको मतदानमा जसपाका ३ जना जनप्रतिनिधी भने सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसपाबाट निर्वाचित ३ जना जनप्रतिनिधी , मकवानपुरमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परि घाइते भइ अस्पतालमा उपचाररत रहेकाले उनिहरु मतदानमा सहभागी हुन नसकेका हुन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्