पकाहामैनपुरलाई जिल्लाकै नमूना पालिका बनाउँछौँ : अध्यक्ष मेहता

सम्वादाता | २०७९ जेठ १९ गते १७: ५३ मा प्रकाशित

पर्सा– पकाहामैनपुर गाऊँपालिका अन्तर्गत पर्ने पुरै गाऊँलाई जिल्ला कै नमुना गाऊँ बनाउने योजना रहेको उक्त गाऊँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहताले बताउनु भएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएको अध्यक्ष मेहताले गाऊँपालिकामा शिक्षा ,स्वास्थ्य र कृषिलाई अग्र भागमा राखेर काम गर्ने बताउनु भएको छ । उहाले गाऊँपालिकामा खस्कदै गएको शिक्षाको स्तरलाई विस्तार गरि 
सुलभ र सरल तरिकाले गरिब, अल्पसंखयक तथा गाऊँपालिकामा पिछडिएका बर्ग सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । गाऊँपालिकाका हरेक वडा कार्यालयमा सेवाग्राहीले प्रष्ट देख्ने र बुझने गरि नागरिक वडापत्र राखिने र यसका साथै जनताको गुनासो सिधै अध्यक्ष सम्म पुग्ने गरि हरेक वडामा संयन्त्र निर्माण गर्ने योजना रहेको बताउनु भयो ।

त्यसैगरी स्वास्थ्य चौकीमा भएको औषधि समेत स्थानीय जनतालाई पाउन गाह्रो भईरहेको हुदा स्वास्थ्य संस्थामा आफै बेलाबेलामा अनुगमन गर्ने र सहज तरिकाले गाऊँपालिकाका स्वास्थ्य चौकीका सेवा प्रवाहको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।  गाऊँपालिकाका अधिकांस गाऊँबासीले तरकारी खेति गर्ने भएकाले गाऊँपालिकामा पर्ने जति कृषकको लागी कृषिमा आधुनीकरण गर्ने र कृषि उब्जलाई पालिका बाहिरका तरकारी व्यापारी संग समन्वय गरी गाउँमै तरकारी बिक्रि बितरण गर्ने बाताबरण तयार गर्ने योजना रहेको मेहताले बताउनुभयो ।

पालिका स्तरमा विभिन्न प्रकारका रोजगार सम्बन्धि तालिमको आयोजना गरी पालिकाका महिलालाई तालिम दिएर सिप सिकाउने र सिकेक सीपलाई पालिकाबाट आर्थिक सहयोग गरी घरेलु तथा साना उद्योग चलाउन पहल गर्ने बताउनुभयो । बिद्यालय बालबालिकाको लागी बिद्यालय उपरान्त खेल सामग्री उपलब्ध गराई उनीहरुको शारीरिक तन्दुरुस्तीको लागी रुख मुनिको शितल छहारी भएको जघामा खेलमैदानको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो । ‘अरु पनि धेरै योजना बनाएको छु जुन यो पालिकाको मुहार नै फेर्छ,’ अध्यक्ष मेहताले भन्नुभयो, ‘जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाह गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्