जगरनाथपुर गाउँपालिकाका अध्यक्ष एक्सनमा

स्थगित कक्षा तत्काल सञ्चालन हुने

सम्वादाता | २०७९ जेठ १९ गते १७: ३३ मा प्रकाशित

वीरगन्ज– पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले स्थगित रहेको कक्षा ९ र १० को पठनपाठन तत्कालन सुचारु गर्न निर्देशन दिएका छन् । जगरनाथपुरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले कक्षा सञ्चालन नभएको भन्दै अध्यक्ष यादवलाई गुनासो गरेपछि आज अनुगमनमा गएका थिए । गाउँपालिका अध्यक्ष यादवले बिहीबार विहान विद्यालयको अनुगमत तथा निरीक्षण गरि समस्या बारे जानकारी लिएका थिए ।

उक्त विद्यालयमा कक्षा १० मा ६० जना विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये २० जनाको भर्ना गरिएको छैन् । कक्षा १० को अनुमति नभएकाले कक्षा पठनपाठन अवरुद्ध भएको थियो । अध्यक्ष यादवले पठनपाठन सुचारु गर्न निर्देशन दिदै अगामि आर्थिक वर्षमा कक्षा १० को अनुमति दिलाउने प्रतिवद्धता दिएका थिए । भोलिदेखि नै अवरद्ध रहेका कक्षामा पठनपाठन सुचारु हुने विद्यालय प्रशासनले जनाएको छ । निर्वाचित भएदेखि नै अध्यक्ष यादव शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेतिथी अन्त्यका लागि लागि परेको स्थानीयले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्