बहुदरमाई नगरपालिकाको कार्यपालिकामा कांग्रेसको पत्तासाफ

एमाले र जसपाका उम्मेदवार विजयी

सम्वादाता | २०७९ जेठ १९ गते १७: ०० मा प्रकाशित

वीरगन्ज– पर्साको बहुदरमाई नगरपालिकाको कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भएका छन् । कूल ८ जना सदस्यका लागि भएको निर्वाचनमा एमाले र जसपाबाट ४/४ जना उम्मेदवार कार्यपालिका सदस्यमा विजयी भएका छन् । कार्यपालिका निर्वाचनमा एमाले र जसपाले गठबन्धन गरेका थिए ।
कार्यपालिका सदस्यमा एमालेतर्फबाट मुखदेव साह कानु, नगिया देवी, समसा खातुन र सुनिता देवी निर्वाचित भएका छन् । यसैगरि जसपाबाट प्रदिप गुप्ता, रामरेखा सिंह, कुन्ति देवी र तेतरी देवी कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा बहुदरमाई नगरपालिकाको मेयरमा जसपा विजयी भएको थियो । एमालले उपमेयर सहित तीनवटा वडाध्यक्ष, जसपाले एउटा वडाध्यक्ष र कांग्रेसले ४ वटा वडाध्यक्षमा विजयी हासिल गरेका थिए । कांग्रेसबाट प्रदेश सांसद निर्वाचित भएका राजेश्वर साहको वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्