किसानहरुलाई अगहनी र भदैया धानको बिऊ छर्ने चटारा

बारा,पर्सा लगायतका जिल्लाहरुमा अहिले किसानहरुलाई अगहनी र भदैया धानको बिऊ छर्ने चटारो छ ।

सम्वादाता | २०७९ जेठ १९ गते १५: ४८ मा प्रकाशित

वीरगञ्ज - मधेश प्रदेशको बारा,पर्सा लगायतका जिल्लाहरुमा अहिले किसानहरुलाई अगहनी र भदैया धानको बिऊ छर्ने चटारो छ । खेतमा नमी भएको कारण अहिले किसानहरुले धमाधम बिऊ छर्ने काम गरी रहेका छन् । कृषि बिज्ञहरुका अनुसार एक/दुई दिन भित्रमा पानी नपरे किसानहरुले ढिलोमा २५ गते सम्म बिऊ छर्ने काम सक्नेछन् । स्थानिय सरकारले हरेक बर्ष किसानहरुलाई उन्नत जातको बिऊबिजन बितरण गर्दै आएको छ । तर यस बर्ष स्थानिय सरकारका जनप्रतिनिधहरु तथा कर्मचारीहरु निर्वाचनमा होमिएका कारण किसानहरुले समयमै धानको बिऊ प्राप्त गर्न सकेनन् । किसानहरुका अनुसार यस बर्ष स्थानिय सरकारले दिदै आएको अनुदानको बिऊ हाल सम्म नपाएको तथा बजारमा डिएपी मल र युरियामलको समेत अभाव रहेको कारण बिऊ,मलखाद महगो मुल्यमा किन्नु परेको गुनासो गरेका छन् । पर्साको पोखरीया नगरपालिकाका एक जना किसानमा सोनालाल ठाकुरको अनुसार पोखरीयामा गत बर्ष खरिद गरिएको बिऊ किसानलाई समयमा बितरण नगर्दा नष्ट भएको थियो । यसपालिकाको त हाल सम्म बिऊ खरिद नै भएको छैन् । उनले भने पोखरीयामा मलको पनि अभाव छ किसानहरु दोहरो मारमा परी रहेका छन् । त्यसैगरी पर्साको कालिकामाई गाउँपालिकाका एक जना किसान राजकिशोर प्रसादका अनुसार बिऊ छिर्ने समयसमाप्त हुन लाग्दा सम्म अनुदानको बिऊ बारे गाउँपालिकाका जनताले सूचना समेत पाएका छैन् ।

प्रतिक्रिया दिनुहोस्