विमान दुर्घटनामा : धनुषाका एकै परिवारका सात जनाको शव स्वयम्भूमा अन्त्येष्टि

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तलाई बुझाइएको छ ।

सम्वादाता | २०७९ जेठ १९ गते १५: ३३ मा प्रकाशित

काठमाडौँ - तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव आफन्तलाई बुझाइएको छ । पोखराबाट जोमसोमको लागि उडेको ताराको जहाज आइतबार बिहान मुस्ताङको थसाङ-२ स्थित कोवाङनजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलबाट शव संकलन गरी त्रिवि अस्पतालमा ल्याएर पोष्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई बुझाइएको हो ।

दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो । जसमध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात थिए । विमानमा दुर्घटनामा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो । उनीहरूको स्वयम्भू क्षेत्रमा सामूहिक अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्