पुर्वमेयर सरावगीद्वारा विद्यालयलाई २६ थान पंखा प्रदान
वीरगञ्ज वीरगन्ज महानगर पालिका वडा नम्बर १८ सुखचैना स्थित गिता गजेन्द्र जोशी माध्यमिक विद्यालयलाइ पुर्वमेयर विजय कुमार सरावगीको पहलमा २६ थान पंखा सहयोग गरिएको छ ।
वीरगन्ज - वीरगञ्ज वीरगन्ज महानगर पालिका वडा नम्बर १८ सुखचैना स्थित गिता गजेन्द्र जोशी माध्यमिक विद्यालयलाइ पुर्वमेयर विजय कुमार सरावगीको पहलमा २६ थान पंखा सहयोग गरिएको छ । पुर्वमेयर सरावगीको पहलमा वीरगन्जका उद्यमी राम सर्राफले विद्यालयलाइ २६ थान सिलिङ पंखा सहयोग गरेका हुन् । बुधबार विद्यालयमै पुगेर पुर्व मेयर सरावगीले विद्यालयका प्रधानाध्यापक राम नारायण मिश्रालाइ ती पंखा हस्तान्तरण गरेका हुन् । गर्मीका बेला कक्षाकोठामा विद्यार्थीहरुलाइ पढ्न लेख्न समस्या भएको जानकारी पाएपपछि आफनो आग्रहमा उद्यमी ससर्राफले २६ थान पंखा उपलब्ध गराएपछि बुधबार विद्यालयमा लगेर हस्तान्तरण गरेको सरावगीले बताए । पंखा हस्तान्तरणका बेला पुर्वमेयर सरावगी , प्रधानाध्यापक मिश्रा , विद्यालयका शिक्षक, स्थानीयअगुवा लगायतको पनि सहभागीता रहेको थियो ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्