महानगरको वडा नम्बर ३२ मा जसपाका मियॉ विजयी

महानगरमा जसपाले जितेको पहिलो खाता खोलेको हो

सम्वादाता | २०७९ जेठ २ गते १३: ३६ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले जितको पहिलो खाता खोलेको छ । महानगरको जारी मतगणनामा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद मिया‘ विजयी भएका छन् । मिया वडा अध्यक्षमा विजयी भएसंगै महानगरमा जसपाले जितेको पहिलो खाता खोलेको हो । वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार अहिरलाइ १४७ मतले पछि पार्दै मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा पनि मिया वडा अध्यक्षमा निर्वाचित भएका थिए। त्यस बेला उनले ८९० मत पाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्