वीरगन्ज–२९, भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल भारत–सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । निर्वाचन सुरक्षालाई ध्यानमा राखेर सरकारले मंगलबार रातिदेखि ७२ घण्टाका लागि सीमा क्षेत्रमा आवागमन निषेध गरेको छ । मधेश प्रदेशको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतीय समकक्षी सगको समन्वयमा सीमा बन्द कडाइका साथ गरिरहेका छन् । सीमा क्षेत्रमा खटिएका उनीहरुले सर्वसारधणलाई आउन जान रोकेका छन् । मधेस प्रदेशका ८ वटै जिल्ला भारतसग सीमा जोडिएका छन् । खुल्ला सिमानाका कारण आवागमन रोक्न चुनौती हुने गरेको छ । मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिएको छ । नेपाली सुरक्षाकर्मीको टोलीलाई भारतीय एसएसबी, भन्सार कार्यालय र सादा पोशाकमा खटिएका प्रहरीले पनि सघाएका छन् । उनीहरूले मितेरी पुलभन्दा उतैबाट मानिसहरूलाई नेपाल छिर्न दिएका छैनन् । नाका बाहेक अन्य क्षेत्रमा मोबाइल, गाडी गस्ती, पट्रोलिङ र संयुक्त गस्तीसमेत भइरहेको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी बलका एक अधिकृतले जानकारी दिए । एम्बुलेन्स, इन्धन बोकेका सवारीसाधन बाहेक अन्य सवारी आवागमन समेत बन्द छ । निर्वाचनका लागि पर्सामा मात्रै ८ सयको संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले सीमा नाका पूर्णरुपमा बन्द गराउन काउन्टरपार्ट संग सहकार्य भईरहेको जनाए । सीमा बन्दका कारण तय गरिएका वैवाहिक कार्यक्रम प्रभावित भएपछि समस्या समाधानका लागि कतिपय जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको र त्यही समितिले सहजीकरण गर्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए । ‘नेपाल भारतको सीमा क्षेत्रमा वारिपारि विवाह गर्ने परम्परा छ । नाकाबन्दीका दिनमा पनि विवाहको लगन परेको रहेछ,’ उनले भने ‘कार्डसहित आएर जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुपर्छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा अधिकारीहरूसहितको समितिले वास्तविकता बुझेर विवाहमा आवश्यक पर्ने सवारी र जन्तीलाई आउजाउ गर्न अनुमति दिन्छ ।’ मतदान केन्द्रमा तीन घेरामा सुरक्षाकर्मी खटिनेछन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना तैनाथ हुनेछ । मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि पर्सामा २७ सय म्यादी प्रहरी खटिएका छन् ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्