अगामी वैशाख ३० हुने स्थानीय चुनावको सरगर्मी वीरगन्जमा बढ्दो छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरवागीले फेरी मेयरमा उठ्ने घोषणा गरेसंगै यहाको राजनीतिमा तरंग ल्याइदिएको छ । अघिल्लो चुनावमा तेस्रो स्थान हासिल गरेका तत्कालिन राजपाका उम्मेदवार राजेशमान सिंहले यसपाली जसपा प्रवेश गरी उम्मेदवारी दिने तयारीमा छन् । जसपाका सांसद प्रदीप यादव सिंहलाई लिएर विहान र सांझ घरदैलो दौडाहामा छन् । कार्यकर्तालाई रिझाउन दुबैले सस्तो प्रचारवाजीको सहारा लिएका छन् । गत बिहीबार वीरगन्ज महानगरपालिकाको वडा नं.२६ सुगौली विर्तामा आयोजित चुनावी सभामा सांसद यादवले मेयर सरावगीले पछिल्लो २ वर्षमा कुमारी बैंकमा ५० करोड रुपैया फिक्सड डिपोजिट गरेको दाबी गरे । सम्पत्ति शुद्धिकरण विभागले उक्त सम्पत्तिबारे छानबिन गनुपर्ने यादवले भनेपछि चुनावीसभामा भेलाभएका कार्यकर्ताले ताली पिटेका थिए । तर सत्य कुरा के भने बिजय सरावगीको नाममा कुमारी बैंकमा कुनै खाता नै छैन । आफ्ना ग्राहकको बिषयमा बैंकले कुनै पनि सूचना राष्ट्रबैंकलाई बाहेक अरुलाई दिन मिल्दैन ।
आफना ग्राहकको बैंकीङ अवस्था श्रीमानको भए श्रीमतीलाई त नदिने प्रचलन रहेकोमा देशको सांसद जस्तो जिम्मेवार मान्छेले गैर जिम्मेवार अभिब्यक्ति दिएकोमा बीरगंजको बौद्धिक जगत निराश भएको छ । कुमारी बैंकमा आफनो कुनै खाता नरहेको स्वयं सरावगीले जानकारी दिएका छन । सम्पति शुद्धीकरण विभागलाई सूचना नदिई माननीय जस्तो व्यक्तिले सस्तो प्रचारवाजीका लागि कार्यकर्ताको वीचमा तथ्यहीन कुरा बोल्दै हिड्को सचेत नागरिकले गुनासो गरेका छन् । बीरगंज १७ का अजय साहले सरावगीलाई हराउन कुनैै एजेण्डा नभएपछि बिरोधीहरुले झुठको खेती गर्दै बर्बराउन थालेको बताए । उनका अनुसार अव सरावगीका बारेमा आरोप लगाउने कुनै तथ्यपूर्ण आधार नभएपछि यस्ता खालको प्रचारमा बिरोधीहरु उत्रिन थालेका हुन । कस्तो खालको राजनीतिक चरित्र बोकेका छन यसैले स्वतः प्रष्ट भएको उनी बताउछन । एमाले मेयरका प्रत्यसी बिजय कुमार सरावगीले कुमारी बैंकको खातामा पैसा रहेको पुष्टि गर्न आरोप लगाउनेहरुलाई चुनौती दिएका छन । तथ्यहिन कुराको साहरा लिएर एमालेको जनाधार कमजोर बनाउन नसकिने उनको प्रतिक्रिया छ ।
‘प्रदेशमा सांसद यादवकै पार्टीका मुख्यमन्त्री छन्, केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा उनको पार्टीले महत्वपूर्ण मन्त्रालय लिएर राजकाज चलाइरहेको छ,’ माइस्थानका राजिव साहले भने, ‘राज्यका सबै मेसिनरीमा सांसदको पहुच छ, तैपनि सस्तो प्रचारवाजीका लागि कार्यकर्ताबीच तथ्यहीन कुरा गर्दै हिड्नु शोभनीय विषय हैन् ।’ केही दिन अगाडि जसपाका मेयरका उम्मेदवार राजेशमान सिंह र सांसद यादवले सिटिङ मेयर विजय कुमार सरवागीले आफ्नो कार्यकालमा थुप्रै भ्रष्टचार गरेको एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा दाबी गरे । मेयरले गरेको भ्रष्टचारको फाइल अध्ययन गरि मेयरलाई हत्कडी लगाउने दाबी समेत गरे । ‘जब आफ्नै दलको मुख्यमन्त्री छ, आफ्नै दलको संघीय सरकार छ, अनि अहिले नै छानबिन गरि हत्कडी लगाउने कि चुनावी माइलेजका लागि तथ्यहीन कुरा बोल्दै हिड्ने ?’ रानीघाटका विकाश चौरसिया भन्छन्, ‘यस्तै तथ्यहीन कुरा गर्दै हिड्ने नेताहरुको कारण हाम्रो वीरगन्ज दिनप्रतिदिन पछाडि पर्दै गइरहेको छ ।’ मधेश आन्दोलन पछि जनताले वीरगन्जको मेयर मात्र नभई प्रदेशको मुख्यमन्त्री र संघीय सांसद समेत जिताएर पठाए । चौरसियाका अनुसार विकासका पूर्वाधार बनाउन होडबाजी हुनुपर्नेमा आफ्नै पार्टीका मेयरलाई कसरी असफल बनाउने षडयन्त्र मात्र भए ५ वर्षमा । सिमित स्रोतसाधनका बावजुद जनताको मन जित्न सफल भएका मेयरका विरुद्ध माननीय जस्तो व्यक्तिले तथ्यहीन कुरा गर्दै हिड्नुलाई महानगरवासीले बुझ्न थालेका छन् ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्