ध्वनी प्रदुषण विरुद ध्यानाकर्षण ,जनता नै जागरुक भई मुद्दा हाल्नु पर्ने ः प्र.जि.अ.

ध्वनी प्रदुषण विरुद ध्यानाकर्षण ,जनता नै जागरुक भई मुद्दा हाल्नु पर्ने ः प्र.जि.अ.

सम्वादाता | २०७९ बैशाख ९ गते १५: ३३ मा प्रकाशित

९ वैशाख,विरगंज ।
समाजमा बढ्दो ध्वनी प्रदुषणका कारण जनताले शास्ती खेप्दै आएका विषयप्रति ध्यानाकर्षण गराउँदै नियमन एवं कडा कार्यवाहि प्रक्रियालाई अगाडी बढाउन आज जिल्ला प्रशासान कार्यालय पर्साका प्र.जि.अ. लाई एक प्रेस विज्ञप्ती बुझाएको छ ।
पेशागत वीमा अभिकर्ता संघ नेपाल , वीमक समिति –नेपाल लाईफ ईन्सोरेनस क. लि. का केन्द्रिय उपाध्यक्ष अम्बिका प्रसाद तेली र प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र साहद्वारा संयूक्त्त रुपमा पर्साका प्र.जि.अ. उमेश कुमार ढकाललाई बुझाईएको प्रेस विज्ञप्तिमा भनिएको छ –ठुलो आवाजमा लाउँड स्पीकरवाट ध्वनी प्रदुषण गर्ने क्रम ह्वातै बढेको र त्यसवाट बृध्द –बृध्दा ,विरामी , विधार्थी सबैलाई नकारात्मक असर पुरयाई रहेकोले वीरगंज महानगर लगायत जिल्लाका अन्य पालिकाहरुमा समेत कडाईका साथ नियमन र कार्यवाहिका लागि सचेत नागरिकका तर्फवाट ध्यानाकर्षण गराउँदछौं ।
विज्ञप्ती बुझदै प्र.जि.अ. ढकालले–जनता नै जागरुक भई मुद्दासमेत हालेमा प्रशासनलाई पनि ध्वनी प्रदुषण विरुद्घ कार्य गर्नेलाई कार्यवाहि गर्न सजिलो हुने बताए । सो क्रममा वरिष्ठ पत्रकार शंकर खतिवडा ,राजधानि दैनिकका मधेश प्रदेश ईन्चार्ज तुलसी भण्डारी ,पत्रकार दिपेन्द्र प्रजापति लगायतकाको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्