क्लासिक होटल भत्काउन खोज्दा विवाद, फर्कियो महानगरको डोजर

महानगरको डोजर क्लासिक होटल माथि केही मिनेट मात्र चल्न पाएको थियो कि धरधनी सफाकत मियां लालपुर्जा, नक्सा र महानगरलाई तिरेको कर रसिद लिंदै विरोध सुरु गरेका थिए ।

सम्वादाता | २०८० सावन २ गते २१: २३ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज सहरको मूख्य नाला अतिक्रमण गरि सञ्चालनमा रहेको क्लासिक होटल मंलगबार भत्काउन खोज्दा विवाद भएको छ । हरिखेतान क्याम्पस भत्काएर सांझ होटल क्लासिक भत्काउन पुगेको महानगरको टोलीलाई धरधनीले विरोध गर्दा विवाद सृजना भएको थियो ।

महानगरको डोजर क्लासिक होटल माथि केही मिनेट मात्र चल्न पाएको थियो कि धरधनी सफाकत मियां लालपुर्जा, नक्सा र महानगरलाई तिरेको कर रसिद लिंदै विरोध सुरु गरेका थिए । होटल क्लासिक मुनि सहरको मूख्य नाला रहेको छ । क्लासिकसंगै कर्पोरेट विकास बैंकको भवनपनि अतिक्रमण गरि निर्माण भएको महानगरको दाबी छ ।

घरधनिले २०२६ सालमा आदर्शनगर निर्माण समितिबाट जग्गा लिलाम सकार गरेको बताउछन् । सहर बसाउन पशुपति निर्माण समितिले नालामाथि पुल निर्माण गरि घर बनाउन भनेर बिक्री गरेको थियो । रजिष्ट्रेशनमा सबै उल्लेख छ । नक्सा पास पनि छ । नाला अतिक्रमण गरेको हैन् । नालामाथि पुल बनाएर जग्गा बिक्री गरेको हो ।

 

८ महिना अगाडि महानगरपालिकाले सबुत प्रमाण लगायतका कागजात माग गरेको थियो । हामीले सबै दस्तावेज महानगरपालिकालाई बुझाएका थियौ । आज अचानक डोजर लिएर आए, सफाकत भन्छन् , मैले १ इन्च पनि नाला मिचेको छैन् । कर्पोरेट विकास बैंक भएको भवनका धनि पवन गुप्ताले आदर्शनगरमा सहर बसाउन पशुपति निर्माण समितिले नाला माथि पुल बनाएर जग्गा लिलाम गरेको बताउछन् ।

महानगरले नालामाथि बनेको हरिखेतानको बाँकी संचरना हटाएर क्लासिक होटलको संरचना हटाउन सुरु गरेको हो । नालामाथि बनेको हरिखेतानको संरचना गएको असार २५ गते डोजर लगाएर हटाएको थियो । क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले आज पनि डोजर लगाएर हटाइएको हो ।

क्लासिक होटल नालामाथि नै रहेकाले त्यसलाई हटाउन आजबाट डोजर चलाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए । क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको भए पनि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइने उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्