वीरगंजमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ जेठ १० गते ०३: २२ मा प्रकाशित
वीरगंज l वीरगंजको आदर्शनगरस्थित रानीसती अतिथि सदनमा उपकार सेवा नेपाल, राउण्ड टेबल नेपाल र श्री बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व मेयर विजय कुमार सरावगी रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता उपकार सेवा नेपालकी अध्यक्ष विद्या देवी सरावगीले गर्नु भएको थियो।

उक्त अवसरमा २ महिलासहित २९ जना व्यक्तिहरूले रक्तदान गरेका थिए। रक्तदान गर्नेमा कामना पौडेल, मुस्कान महेश्वरी, अविनाश गुप्ता, आयुष गुप्ता, सिद्धार्थ अग्रवाल, रवीन्द्र महतो, राजेश यादव, हरिओम कुमार चौहान लगायतका व्यक्तिहरू थिए।

विशिष्ट अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृज किशोर पटेल, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, बलिरामपुर युवा क्लबका शिवम गुप्ता, युवा नेता ओम प्रकाश सरार्फ, राउण्ड टेबल नेपालका अध्यक्ष आयुष अग्रवाल, वीर समसेर कुर्मी तथा समाजसेवी राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन वीरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, मनिष गुप्ता, बिबेक यादव लगायतको प्राविधिक सहयोग उल्लेखनीय रह्यो।

आयोजक संस्थाहरूले यस किसिमका रक्तदान कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै जीवनरक्षा कार्यमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आगामी दिनमा समेत निरन्तर यस्ता सामाजिक सेवा मूलक कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता आयोजकहरूले जनाएका छन्।
 
 

प्रतिक्रिया दिनुहोस्