वीरगन्ज- विश्व योग दिवसको अवसरमा नेसनल इन्फोटेक कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिलासहित ८१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
कलेजका प्रबन्ध निर्देशक एवम् प्रिन्सिपल मनिष सिंहले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कलेजका लेखा निर्देशक काजल सिंह, युवा नेता सुधीर पटेल, युवा नेता महमद निजाम लगायतको सहभागिता रहेको थियो ।
रक्तदान गर्ने सबैलाई कलेजका प्रबन्ध निर्देशक मनिष सिंह, लेखा निर्देशक काजल सिंहले प्रमाण पत्र प्रदान गरेका थिए । वीरगञ्जमा बढ्दै गएको रगतको मागलाई परिपूर्ती गर्ने प्रयासस्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रबन्ध निर्देशक सिंहले बताए ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्