कसैसंग पूर्वाग्रह नराखी काम गर्छौ - एसपी कुमोध ढुंगेल

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दर्ता भएको किर्ते मुद्दामा मेयर कहिले पक्राउ पर्छन् भन्न संचारकर्मीको प्रश्नमा एसपी ढुंगेलले जाहेरी दर्ताले मात्र व्यक्ति पक्राउ नपर्ने जिकिर गरेका थिए ।

सम्वादाता | २०८० चैत ७ गते १५: ०९ मा प्रकाशित

वीरगन्ज– झन्डै एक महिना अगाडि पर्साको कमाण्ड सम्हालेका एसपी कुमोध ढुंगेलले कसैसंग पूर्वाग्रह नराखि नेपाल प्रहरी ऐन बमोजिम काम गर्ने बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा एसपी ढुंगेलले पर्सामा आएको एक महिनाको अवधिमा यहां हुने अवैध कारोबार र क्राइमको सम्बन्धमा आफूले अध्ययन गरेको जनाएका छन् ।

’शान्ति सुरक्ष्ाँ, अपराध अनुसन्धान र राजस्व चुहावट नियन्त्रण नै मूल काम हो,’ एसपी ढुंगेलले भने, ‘कुनै पूर्वाग्रह नराखि काम गर्छौ । देखिएको कमि कमजोरी सुधार गर्छौ ।’  उनका अनुसार पर्सामा मुद्दा दर्ता गरियो भने धेरै कुरा गरियो भन्ने सोचाई रहेको छ । कसले मुद्दा दर्ता गराउन सक्छ भनेर एउटै मुद्दा पनि ३ जनासम्मले लिएर आएको उनले खुलाए ।

‘मुद्दा दर्ता गर्नु मात्र ठूलो कुरा हैन्,’ उनले भने, ‘त्यसलाई फर्छयोट पनि त गर्नसक्नुर्यो ।’ आफू आएदेखि मुद्दा ‘स्क्रीनिङ’ गरेर मात्र दर्ता गर्न थालिएको उनले जनाए । कतिपय सन्दर्भमा प्रहरी आफूमा पनि सुध्रिन आवश्यक रहेको उनले सुनाए । 

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि दर्ता भएको किर्ते मुद्दामा मेयर कहिले पक्राउ पर्छन् भन्न संचारकर्मीको प्रश्नमा एसपी ढुंगेलले जाहेरी दर्ताले मात्र व्यक्ति पक्राउ नपर्ने जिकिर गरेका थिए ।

‘मेयर विरुद्धके सरकारी कागज किर्ते मुद्दामा अनुसन्धान अगाडि बढेको छ,’ एसपी ढुंगेलले भने, ‘जाहेरीसंग पेश भएका दुईवटा कागजात सक्कली हुन् कि नक्कली भनेर सक्कल कपि जिल्ला प्रशासन कार्यालयसंग दुईपटक माग गरिएपनि हालसम्म आएको छैन् ।’ एउटै जाहेरीकै आधारमा अदालतमा पक्राउ पुर्जी जारी नहुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्