अयोध्यामा राम मन्दिर उद्धघाटन, वीरगञ्जमा मूर्ति स्थापना

वीरगञ्ज महानगरपालिकाले सो दिन मूर्ति स्थापना तथा प्राण प्रतिष्ठाको कार्यक्रम राखेको जानकारी दिएको छ ।

सम्वादाता | २०८० माघ ४ गते १३: ३३ मा प्रकाशित

वीरगन्ज– भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा गरिने दिन पर्साको वीरगञ्जमा पनि रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।

माघ ८ गते वीरगञ्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको राम जानकी मन्दिरमा पनि भगवान् रामको मूर्ति स्थापना गर्ने तयारी गरिएको हो । वीरगञ्ज महानगरपालिकाले सो दिन मूर्ति स्थापना तथा प्राण प्रतिष्ठाको कार्यक्रम राखेको जानकारी दिएको छ ।

उक्त दिन महानगर क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरणलगायत कार्य नगर्न महानगरले अनुरोध गरेको छ । अटेर गरी त्यस्ता कार्य गरेको पाइएमा नियमानुसार कारबाही गर्ने समेत महानगरको चेतावनी छ ।

सूचनामा भनिएको छ, ‘उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्रीवितरणलगायतका कार्यहरु नगरिदिन यहाँका सबै सरोकारवाला व्यवसायीलाई यसै सूचनाद्धारा सूचित गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्