राममन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगन्जबाट जनकपुरधाम अयोध्या भार यात्रा भारत प्रस्थान

जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।

सम्वादाता | २०८० पौष २० गते १६: ४२ मा प्रकाशित

वीरगन्ज– नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठाका लागि वीरगञ्जबाट ‘जनकपुरधाम अयोध्या भार यात्रा’ भारतको अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा एक टोली राममन्दिरको प्राण प्रतिष्ठाका लागि भारसहित बीरगन्ज आएको थियो । यात्रालाई बीरगन्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंहले स्वागत गर्नु भएको थियो ।
यात्रालाई नेपाल प्रहरी र सशत्र प्रहरीको नायव महानिरीक्षक द्वय, बीरगन्ज महानगरको सदभावनादुत अशोक वैद लगायत ले सहभागीहरुलाई माला र खादाले स्वागत गरेको थियो ।
यात्रा आजै अयोध्या को लागी प्रस्थान गरेको हो । जनकपुरधामस्थित जानकी मन्दिरबाट बिहीवार सुरु गरिएको यात्रा राति अबेर वीरगञ्ज पुगेको थियो।रक्सौलको बाटो भएर गोरखपुर हुँदै आज रातिसम्म अयोध्या पुग्ने लक्ष्य राखिएको छ। राम जन्मभूमि अयोध्यामा ५ सय वर्षको संघर्षपछि राममन्दिर निर्माण भएको छ ।
पाहुरमा विभिन्न प्रकारका कपडा, आभूषण, भाँडावर्तनका साथै विभिन्न मिठाई तथा पकवान रहेका छन् । यसका साथै भगवान् रामका लागि चाँदीको धनुष वाण, माता सीताको चरण पादुका लगायतका गरगहना समेत पाहुरमा राखिएको छ ।
भार यात्रा भारतको बेतिया, कुशीनगर, सिद्धार्थनगर, गोरखपुर हुँदै अयोध्या पुग्नेछ । जनवरी २२ तारिखमा भारतको अयोध्यामा निर्माण गरिएको नयाँ मन्दिरमा भगवान् रामको प्रतिमाको प्राण प्रतिष्ठा हुने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्