वीरगन्ज – फोक्सोको रोगबाट ग्रसित पत्रकार नेहाल खानको उपचारका लागि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पत्रकार खानको अहिले नारायणी अस्पतालको आईसीयूमा राखेर उपचार चलिरहेको छ । पत्रकार खान अस्पतालमा भर्ना भएको जानकारी पाउनासाथ महानगरप्रमुख सिंहले बुधबार बिहान आफ्नो व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो । महानगर प्रमुख सिंहका स्वकीय सचिव अफरोज आलम, प्रेस सल्लाहकार महेस दास, समाजसेवी एवं युवा नेता सुरेशमान सिंह लगायतले अस्पतालमा नै पुगेर खानलाई महागरप्रमुख सिंहले उपलब्ध गराउनुभएको चेक हस्तान्तरण गर्नुभएको हो । महानगरप्रमुख सिंहले पत्रकार खानको उपचारका लागि आफूले व्यक्तिगत रुपमा अहिले सहयोग गरेको थप सहयोगका लागि सँधै तत्पर रहेको पनि बताउनुभयो । वीरगञ्जेली पत्रकार र पत्रकारिताको सुरक्षा तथा संरक्षणका लागि कहिल्यै पनि आफू पछि नहट्ने भन्दै उहाँले पत्रकार खानको उपचारका लागि आवश्यक पर्ने अन्य सबै सहयोग गरिने बताउनुभयो । पत्रकार खानको पत्नी पनि अहिले क्यान्सर रोगका कारण उपचाररत नै रहनु भएको छ । पतिपत्नी नै रोगबाट ग्रसित हुँदा उपचारका लागि आवश्यक रकम जुटाउन सञ्चारकर्मीहरुले सामाजिक सञ्जाल मार्फत आवश्यक सहयोग गर्न भन्दै सन्देस जारी नै गरेका छन् ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्