वीरगन्ज – पछिल्लो केही दिनयता वीरगन्ज र आसपासका क्षेत्रमा डेंगुको विरामी देखा पर्न थालेका छन् । डेंगुलाई प्रकोपका रुपमा फैलिन नदिन वीरगन्ज महानगरले लार्भा खोजेर नस्ट गर्ने अभियान सुरु गरेको छ ।
महानगरको स्वास्थ्य, सरसफाई शाखा र नगर प्रहरी समेतको टोलीले मंगलबार विहानदेखि वीरगन्जको मेन रोड र वाईपास रोडमा रहेका पुराना टायर भित्र रहेको पानीमा लार्भा नस्ट गरिएको सरसफाई प्रमुख सरफुद्दिन मियांले जनाए ।
टोलीले विभिन्न अस्पताल पुगे त्यहां उपचारर्थ डेंगुका विरामी बारे जानकारी समेत लिएको थियो । गमला र छतमा रहेको पानीलाई सफा राख्न निर्देशन समेत दिइएको छ ।
डेंगुबाट बाच्ने र यसलाई बढ्न नदिन विभिन्न उपाय अपनाइएको छ । डेंगु नियन्त्रणका लागि समबन्धित संस्था तथा सरोकारवालासित सहकार्य समेत गरिएको छ ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्