पशुपति मन्दीरमा मंगलबारबाट श्रावणी मेला सुरु

महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मीक विधि बमोजिम पुजा गर्नुभई जल भरेर कावड यात्राको सुरुवात गर्नु भएको थियो ।

सम्वादाता | २०८० असार २० गते ०९: ४९ मा प्रकाशित

वीरगन्ज– वीरगन्जको चिनी मिल स्थित पशुपति मन्दीरमा मंगलबारबाट श्रावणी मेला सुरु भएको छ । पहिलो दिन जलयात्रा गरेर मेलाको सुरुवात गरिएको थियो । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले घडिअर्वा पोखरीमा पुगेर धार्मीक विधि बमोजिम पुजा गर्नुभई जल भरेर कावड यात्राको सुरुवात गर्नु भएको थियो ।

घडिअर्वा पोखरीबाट जल भरेर निस्किएको कावड यात्रा नगर परिक्रमा पछि मन्दिरमा पुगेर समापन भएसँगै मेला सुरु भएको हो । वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषदको संयुक्त आयोजनामा पहिलो पटक कावड जल यात्रा सुरु गरिएको हो ।

जल यात्राको सुरुवात गर्नु हुँदै महानगर प्रमुख सिंहले वीरगञ्जलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्य बनाउन महानगर लागिरहेको बताउनुभयो । पशुपति मन्दिरमा साउन महिनाभर मेला लाग्नुका साथै साउन महिनाको हरेक सोमबार कावड जल यात्रा निकालिने विश्व हिन्दु परिषदले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्