वीरगन्जमा ऐतिहासिक रथ यात्रा

गहवामाई मन्दिर समितिले अब हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले जानकारी दिनुभयो ।

सम्वादाता | २०८० असार ५ गते ११: १२ मा प्रकाशित

वीरगन्ज– वीरगन्जको माईस्थान स्थित गहवामाई मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा आज रथ यात्र निकालिएको छ । मंगलबार गहवामाई मन्दिर परिसरबाट विहान करिब ८ बजे यात्रा निकालिएको थियो। रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो गरी बनाईएको र दुलही झै सिङ्गारिएको छ ।

हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा करिब ३५ हजार भक्तजनहरुको उत्साह जनक सहभागीता रहने विश्वास लिइएको छ । रथयात्रामा मधेसमा प्रचलित लोक बाजा तासा र पहाडको लोकप्रिय बाजा पञ्चेबाजा सहित विभिन्न भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको छ । वीरगन्ज सहित पर्सा, बारा, रौतहट, र छिमेकी मुलुक भारतबाट पनि भक्तजनहरु आएका छन् ।

 

गहवामाईको स्थापना भएदेखि अहिले सम्म कुनै भव्य कार्यक्रम नभएकोले यसपटक ११ औं वार्षिकउत्सकको अवसर पारेर निकालिएको रथयात्रामा युवा पुस्ताको धार्मिक आस्था र आध्यात्मतर्फ आकर्षण देखिएको रथयात्रामा सहभागी बुद्धिजीवीहरुले बताएका छन् । अष्ठमीको मेला भन्दा पनि यस रथ यात्रामा बढी संख्यामा युवाहरुकै सहभागीता देखिएको र धर्मप्रतिको आस्था युवाहरुमा पनि बढ्दै गएको पुष्टी गरेको यात्रामा सहभागी मधेशप्रदेशका वन तथा वातावरणमन्त्री रमेश कुर्मीले बताउनुभयो ।

रथ यात्रामा दुर्गा माताको रुपमा बालिकालाई सिंङ्गारेर राखिएको छ । रथ यात्राको सुरुक्षा व्यवस्थाका लागी ठुल्लो संख्यामा नेपाल प्रहरीलाई खटाइएको छ भने सिमा सुरक्षार्थका लागी शसस्त्र प्रहरी र ट्राफिक व्यस्थापनका लागी ट्राफिक प्रहरीलाई खटाइएको छ । मानव सेवा गर्ने दातृ संस्था वा व्यक्तिहरुले रथ यात्रामा सहभागीहरुmलाई ठाउँठाउँमा पिउने पानी र सर्वत वितरणको व्यस्था मिलाइएको देखिएको छ ।

 

रथ यात्रामा मधेशप्रदेशका वन तथा वतावरणमन्त्री रमेस प्रसाद कुर्मी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साको अन्य पालिकाका जनप्रतिनिधि लगायतकाको सहभागिता रहेको छ । गहवामाई मन्दिर समितिले अब हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथ यात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले जानकारी दिनुभयो ।

गहवामाईको रथ निर्माणमा करिब ४ सय घनफिट काठ प्रयोग गरिएको रथयात्रा समितिले जनाएको छ । रथयात्रा ढिलाई भएर आज विहान पौने ८ बजे देखि गहवामाई मन्दिरको प्राङगणबाट निकालेर रेलवे रोड हुँदै रामटोल, रेशमकोठी, विर्तामन्दिरबाट मेनरोड हुँदै अलखियामठ, आदर्शनगर, माईस्थान भएर पुन गहमावमाई मन्दिरमा पुगेर समापन गरिने रथ यात्रा व्यस्थापन समितिले जनाएको छ । वीरगञ्ज महानगरपालिकाले रथयात्रा निकालिने दिन आज सार्वजनिक बिदा समेत दिएको छ । साभार ट्रिब्युन

 

प्रतिक्रिया दिनुहोस्