वीरगन्जमा एकै दिन रोपिए ४ सय बिरुवा

दिनप्रती दिन पृथ्वीको तापक्रम बढ्दै गएको छ । यस्तो अवस्थामा वृक्षरोपणको विकल्प नरहेको उपमेयर आलमले बताए ।

सम्वादाता | २०८० जेठ २६ गते १३: ५३ मा प्रकाशित

वीरगन्ज– आर्थिक तथा व्यापारिक नगरी वीरगन्जलाई महानगरका उपमेयर इम्तियाज आलमले हरित सहर बनाउन लागि परेका छन् । शुक्रबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति चितवन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको सयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको सहयोगमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज–२ स्थित ईदगाह चौक देखि घण्टाघर सम्म जनताको रहर हरित शहर बनाउने उदेश्यले सो कार्यक्रम को आयोजना गरीएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति चुरे तराई मधेश संरक्षण बिकास समिति काठमाडौंका अध्यक्ष डा किरण पौडेलको उपस्थिति रहेको थियो । ग्रीन सिटि सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षता आयोजित कार्यक्रममा विशिस्ट अथितीको रुपमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलमको उपस्थिति रहेको थियो ।

उपमेयर आलमले भने अहिले जलवायु परिवर्तनको असरले गर्दा पुरै संसार नै समस्या भोगि रहेका छन । दिनप्रती दिन पृथ्वीको तापक्रम बढ्दै गएको छ । यस्तो अवस्थामा वृक्षरोपणको विकल्प नरहेको उपमेयर आलमले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, वडा नम्बर २ का वडा अध्यक्ष महमद रेयाज मिया , सप्रजिअ भिमकान्त पौडेल , सप्रजिअ शिब प्रसाद लम्साल, सशस्त्रका एसपी सुमन थपलिया, वन डिभिजन पर्साका सुभाष चन्द्र दास, वन विभागका पूर्व महानिर्देशक गौरि शंकर तिमला, भारतीय दुतावासका काउन्सिलर शशी भूषणको विशेष उपस्थिती रहेको थियो । वृक्षारोपन कार्यक्रममा म्यागो स्ट्रीक ३०० थान, कपुर ५० थान र निमको बिरुवा ५० थान गरी जम्मा ४०० थान बिरुवा रोपिएको थियो।

प्रतिक्रिया दिनुहोस्