सखुवाप्रसौनीमा सुर्तीजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धी सचेतना

सम्वादाता | २०८० जेठ १७ गते १८: १६ मा प्रकाशित

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गा पा को वडा नम्बर २ स्वास्थ्य चौकीको प्राङ्गणमा हामिलाइ खाधन चाहिन्छ, सुर्तिजन्य पदार्थ होइन विश्व सुर्तिजन्य पदार्थ रहित नाराका साथ सुर्तिजन्य पदार्थ सेवन न्युनिकरण सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा स्थानिय बुधिजिवी, राजनिती दलका अगुवा, बिद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी हरुको उपस्थिती रहेको थियो । सुर्तिजन्य पदार्थ, मादक पदार्थ तथा अलकोहल पेय पदार्थ जस्ता कुलतमा न परी स्वाथ्यप्रती ख्याल राख्न, मानसिकता प्रती सुधार गर्ने तथा आकाल मृत्युप्रती ख्याल राख्ने उदेश्यले गरिएको कार्यक्रममा गा पा का स्वास्थ्य शाखा प्रमुख राजेस रौनियार र सरोज गिरीले प्रशिक्षण दिनु भएका थिए । 

आज भएको कार्यक्रममा गा पा उपाध्यक्ष शर्मिला बिस्टले कम्तिमा हाम्रो पालिकाले पनी युवा, बिद्यार्थी चाहे जो कोइ पनी कुलतमा परेकाहरुलाइ निगरानी राखी सुधार हुने जस्ता कानुन बनाइ अगाडि बढ्ने बारेमा बिशेष जोड दिनु भएका थियो । गा पा उपाध्यक्ष बिस्टको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

                                                                                            

प्रतिक्रिया दिनुहोस्