बहुदरमाई नगरपालिकामा जनस्वास्थ्य प्रयोगशाला उद्घाटन

प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा नगरपालिकाको बहुअरी पिडरी स्वास्थ्य चौकीमा जन स्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको हो ।

सम्वादाता | २०८० जेठ ८ गते १७: ५६ मा प्रकाशित

वीरगन्ज – पर्साको बहुदरमाई नगरपालिकामा सोमबार स्वास्थ्य प्रयोगशाला उद्घाटन गरिएको छ । प्रदेश सरका र स्थानीय तहको सहकार्यमा नगरपालिकाको बहुअरी पिडरी स्वास्थ्य चौकीमा जन स्वास्थ्य प्रयोगशालाको उद्घाटन गरिएको हो ।

नगरप्रमुख सिंगासन साह तेली र उपप्रमुख सुष्मा कुशवाहाले संयुक्त रुपमा प्रयोगशालाको उद्घाटन गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख श्री कौशलेन्द्र मिश्र, सि अ हे ब अधिकृत बिरेन्द्र प्रसाद साह, सुचना प्रबिधि अधिकृत भास्कर कुमार पाण्डेय, बिभिन्न स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य कर्मी कर्मचारी तथा सर्बसाधारण जनको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्