ट्रान्सर्फमर मुनि फोहोर गरी आगो लगाउने आयल निगमलाई ५ हजार जरिवाना

सरसफाइमा नगरवासीहरुले फोहर संकलन गर्न आउने गाडीमा फोहोर राखीरहेको अवस्थामा जिम्मेवार सरकारी निकायले नै गैर जिम्मेवारी कार्य गरेको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।

सम्वादाता | २०८० बैशाख २७ गते १७: ०३ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाले नेपाल आयल निगम वीरगन्ज शाखालाई ५ हजार रुपैया जरिवाना गरेको छ । बीरगन्ज वडा न १५ लक्ष्मणवा प्रतिमा चौक नजिक शाखा कार्यालय अगाडी बाटोमा फोहोर फ्याकेर आगो लगाएकोले महानगरपालिकाले जरिवाना गरेको हो ।

गर्मीको मौसममा तेज तातो हावा चलिरहेको अव्यवस्थामा गैर जिम्मेवारी पुर्वक बिजुली ट्रान्सर्फमर मुनि फोहोरमा आगो लगाएको पाइएकोले ५ हजार जरिवाना गरिएको सरसफाइ अभियान को संयोजक प्रकाश खेतानले जानकारी दिनु भएको छ ।

सरसफाइमा नगरवासीहरुले फोहर संकलन गर्न आउने गाडीमा फोहोर राखीरहेको अवस्थामा जिम्मेवार सरकारी निकायले नै गैर जिम्मेवारी कार्य गरेको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।

प्रतिक्रिया दिनुहोस्