सखुवाप्रसौनीमा गाउँपालिकामा कृषि सहकारी संस्थाका सदस्यका लागि लेखा व्यवस्थापन तालिम

सम्वादाता | २०७९ फागुन ५ गते १७: ५० मा प्रकाशित

पर्सा– पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. २ मा रहेको श्री दीपनरायण आदर्स माध्यमिक विद्यालय श्रीपुरको बिद्यालयको सभाहलमा सखुवा प्रसौनी गाउँपालिकाको कर्यालयको सहयोग र सृजनशिल शिक्षा विकास केन्द्र सखुवा प्रसौनीको आयोजनामा दुई दिने पालिका स्तरिय कृषि सहकारीका सदस्यहरुका लागि लेखा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त प्रसाद यादवको प्रमुख आथित्यमा भएको तालिममा गा पा को सम्पुर्ण वडाको कृषि सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो । तालिममा आयब्य्य, चारखाता,हिसाब लेखा जोखा, खाता सुरक्षित, बिल,भरपाइ, बैकिङ्ग भाउचर, कारोबार तथा सहकारी सुरक्षित र प्रभावकारी हुने विषयमा गणेश बहादुर ठकुरीले प्रशिक्षण दिनुभएका थिए ।

सखुवाप्रसौनी गा पा का गा पा अध्यक्ष यसवन्त प्रसाद यादवले शुभकामना मन्त्ब्य दिनु भएका थिए । साथै सखुवाप्रसौनी गा पा को वडा नम्बर २ का वडाध्यक्ष चिरञ्जीवी महतोले तालिमको बारे शुभकामना मन्त्ब्य दिनुभएका थिए। साथै गा पा का कृषि शाखा प्रमुख दयाराम वाग्लेले मन्त्ब्य दिनु भएका थिए । वडा न २ का वडाध्यक्ष चिरञ्जीवी महतोको शभापतित्वमा तालिम सम्पन्न भएको सृजनशिल शिक्षा बिकाश केन्द्रका सहजकर्ता तथा तालिम सन्चालिका सुस्मिता चौधरीले जानकारी दिनु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्