डा. बिधानन्द चौरसियाले गरे सफल किडनी ट्रान्सप्लान्ट

मेदान्तामा सिनियर डाक्टरको रुपमा रहेको डा चौरसियाले दिल्लीमा करिब ३ सयजना बिरामीहरुको किडनी ट्रान्सपलान्ट गरिसकेका छन् । 

सम्वादाता | २०७९ फागुन ३ गते १३: ३४ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज निवासी डा.बिधानन्द चौरसिया नेतृत्वको टोलीले सफल किडनी ट्रान्सपलान्ट गरेको समाचार प्राप्त भएको छ । युरो किडनी ट्रान्सपलान्ट सर्जन समेत रहेका डा चौरसियाको टोलीले काठमाडौ मेडिकल कलेज टिचिगङ्ग हस्पीटल सिनामंगलमा लम्जुङ निवासी ५० बर्षीय धनराज घलेको किडीनी ट्रान्सपलान्ट गरेपछि उनी सकुशल घर फकिएको चौरसियाले बताए । 

घलेको श्रीमती होमकुमारी गुरुगले पुष २० गते आफनो किडनी डोनेसन गरेकी थिइन्।  मधेश प्रदेश भरीमा आफू एक मात्र युरो सर्जन रहेका चौरसियाले दावी गरेका छन । भारतको दिल्ली मेदान्तमा अध्ययन गरि विरगज निवासी  डा चौरसियाले  अहिले सिता होस्पिटल संचालन गरि सेवा दिई रहेका छन । 

 

मेदान्तामा सिनियर डाक्टरको रुपमा रहेको डा चौरसियाले दिल्लीमा करिब ३ सयजना बिरामीहरुको किडनी ट्रान्सपलान्ट गरिसकेका छन् ।  अहिले बिरामीको अवस्था समाय रहेको उनले बताए । नियमित आफु बिरामीलाई फलोअप गरिकेको तर कुनै किसिमको कठीनाई नरहेको उनले संचारकर्मीहरुलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्