श्रीसिया स्वास्थ्य चौकीलाई आवश्यक सामाग्री वितरण

स्वास्थ्य चौकीलाई सृदृढ तथा व्यवस्थित ढंगले सञ्चालन गर्न उपकरण तथा सामाग्री उपलब्ध गराइएको वडाध्यक्ष चतुर्वेदीले जनाए ।

सम्वादाता | २०७९ माघ २२ गते १६: ४६ मा प्रकाशित

 

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले आइतबार एक कार्यक्रमका बीच श्रीसिया स्वास्थ्य चौकीलाई आवश्यक सामग्री हस्तान्तरण गरेका छन् । 

स्वास्थ्य चौकीलाई सृदृढ तथा व्यवस्थित ढंगले सञ्चालन गर्न उपकरण तथा सामाग्री उपलब्ध गराइएको वडाध्यक्ष चतुर्वेदीले जनाए । घाउ सफा गर्नका लागि ड्रेसिङ सेट, गाउ घर क्लिनिकको सामाग्री रँख्न ३ वटा टिनको बक्सा, उजुरी पेटिका, गेट पर्दा, कार्यालय प्रयोजनका लागि सामाग्री ढुवानी गर्न साइकल, ३ वटा प्लाष्टिक टेबुल, हिटर, इन्डक्शन चुल्हो, ताल्चा लगायतका आवश्यक सामाग्री स्वास्थ्य चौकी प्रमुख शत्रुघ्न यादवलाई हस्तान्तरण गरिएको वडाध्यक्ष आशुतोष चतुर्वेदीले जनाए । 

प्रतिक्रिया दिनुहोस्