वडा अध्यक्ष यादवले गरे कम्बल वितरण

बहुदरमाई नगरपालिका - ७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले आफनो वडामा गरे कम्बल वितरण

सम्वादाता | २०७९ पौष १४ गते १९: ०६ मा प्रकाशित

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा लक्षित समुदायलाई कम्बल वितरण गरिएको छ  । केहि दिनदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गरेर चार सयभन्दा बढी जनालाइ आज बिहीबार कम्बल वितरण गरिएको हो ।
बहुदरमाई नगरपालिका वडा नम्बर ७ भौराटारको आयोजनमा भएको कार्यक्रममा जाडोबाट प्राभाबित ४ सय जना भन्दा बढी असहाय , गरिब विपन्न , दलित , विपन्न मुस्लिम ,  जेष्ट नागरिक  लगायतका लक्षित समुदायलाई कमल वितरण गरिएको वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले बताए ।

केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।

चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तर दिने काम भइरहेको वडा अध्यक्ष यादवले बताए ।

 

वडाध्यक्ष बिरेन्द्र प्रसाद यादव , वडा सचिव रामयोध्या साह , वडा सदस्य अलिहुसेन देवान , कपिलदेव कुर्मी लगायतको उपस्तिथिमा कम्बल वितरण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्