वीरगञ्जमा हुन लागेको नेपथ्य लाईभ कन्सर्टको तयारी पुरा

करिब १८ बर्षपछि मंसिर १९ गते सोमबार अपरान्ह आर्दशनगर स्थित रंगशालामा सांगीतिक यात्रा’ नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ ।

सम्वादाता | २०७९ मंसिर १७ गते १६: ५५ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्जमा हुन लागेको ‘मानवताको लागि सांगीतिक यात्रा’ नेपथ्य लाईभ कन्सर्टको तयारी पुरा भएको छ । करिब १८ बर्षपछि मंसिर १९ गते सोमबार अपरान्ह आर्दशनगर स्थित रंगशालामा सांगीतिक यात्रा’ नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ ।


शनिबार आयोजित पत्रकार सम्मेलनमा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले देशभरी मानव सेवा आश्रमको आफ्नै भवन निर्माण र अक्षयकोष स्थापना गर्ने उद्येश्य लाईभ कन्सर्ट गर्न लागेको बताउनु भयोे ।


वीरगञ्जको आदर्शनगर रङ्गशालामा पाँच हजार भन्दा बढी दर्शकको सहभागितामा उक्तकार्यक्रम गर्ने लक्ष्य रहेकोे छ । मानव सेवा आश्रमको भवनका लागी सहयोग स्वरुप एक हजारका टिकट पनि बिक्रि वितरण गरीएको आयोजकले जनाएको छ । वीरगञ्जमा हुने कन्सर्टका लागि नेपथ्य सांगीतिक समुहको टोली वीरगञ्ज आइसकेको छ ।


अब वीरगन्ज महानगरपालिका १५ स्थित लक्ष्मणवा नौतनमा झण्डै रु १५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणका लागि आर्थिक जोहो गर्न समेत यस नेपथ्य लाइभ कन्सर्टले सघाउ पु¥याउने विश्वास लिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्