सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ ।

सम्वादाता | २०७९ कार्तिक १८ गते ०९: ०२ मा प्रकाशित

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ ।

काठमाडौं जिल्ला अदालतमा आज सन्दीपको तर्फबाट अधिवक्ता शम्भु थापालगायतले बहस गर्दैछन् । सरकारी वकीलको तर्फबाट पनि बहस हुने छ ।

सन्दीपका तर्फबाट बिहीवार ८ जना अधिवक्ताले बहस गरेका थिए । बिहीबार बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।

कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दायर भएको थियो । उक्त मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्