काठमाडौँ– वातावरणविद् विनोद पोखरेलले नेपाल र उत्तर भारतमा वायु प्रदूषण बढ्दै गइरहेको बताएका छन् । ट्विटमार्फत जानकारी दिँदै उनले नेपाल र उत्तर भारतमा वायु प्रदूषण बढ्नुमा धेरै कारण रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार एउटा कारण भारतको पञ्जाब र हरियाणामा पराल डढाउँदा वायु प्रदूषण बढेको हो । उनले ट्विटमा नासाले खिचेको फोटो पोस्ट गरेका छन् जहाँ पञ्जाब र हरियाणामा बालिएको परालको आगोको तीव्रता र पूर्वानुमान गरिएको कार्बन मोनोअक्साइडलाई देखाइएको छ ।डढाएको परालको धुवाँ नेपाल प्रवेश गर्न थालेको फोटोमा देख्न सकिन्छ ।
यसले नेपालमा वायु प्रदूषणको खतरा बढेको छ । साथै नागरिकलाई स्वास्थ्य समस्या निम्तिनसक्ने जोखिम बढाएको छ । पञ्जाब र हरियाणाका किसानले हरेक वर्ष (विशेष गरेर कात्तिक र मंसिरमा) धान भित्र्याएपछि मलका रुपमा पराल डढाउने गर्छन् ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्