कैदीहरुलाई श्रीमती भेटने अवसर, गोप्य कोठामा भेटेपछि ‘फ्रेस’ भएको प्रतिक्रिया

भारतमा पहिलो पटक उक्त राज्यले बन्दीहरूलाई दाम्पत्य भेटको अधिकार दिएपछि उनीहरु दंग भएका हुन् ।

सम्वादाता | २०७९ कार्तिक ८ गते १७: ५० मा प्रकाशित

काठमाडौँ – छिमेकी मुलुक भारतको पञ्जाव राज्यमा जेलमा रहेका कैदीबन्दीले अबदेखि आफ्ना श्रीमान वा श्रीमतीसँग एकाध घण्टा गोप्य कोठामा भेट गर्न पाउने भएका छन् । भारतमा पहिलो पटक उक्त राज्यले बन्दीहरूलाई दाम्पत्य भेटको अधिकार दिएपछि उनीहरु दंग भएका हुन् ।

राज्यको पछिल्लो निर्णयपछि उक्त सुविधा प्रयोग गर्नेमा ज्यान मार्ने उद्योगमा जेल जीवन बिताइरहेका ६० वर्षिय गुरजीत सिंह भएका छन् । उनी तारान जिल्लाको गोइन्दवाल जेलमा छन् ।

आफ्नी श्रीमतीसँग केही घण्टा निजी समय बिताएपछि उनले फ्रेस भएको बताएका छन् । सञ्चारमाध्यमहरुसँगको कुराकानीमा उनले भने, ‘श्रीमतीसँग केही घण्टा गोप्य समय बिताउँदा निकै ठूलो बोझ हलुका भएको छ ।’

तर झ्यालखानाका अधिकारीहरूले भने सबै कैदीबन्दीलाई उक्त सुविधा नदिइएको बताएका छन् । उनीहरुले असल व्यवहार र चालचलन भएका बन्दीहरूलाई कम्तीमा दुई महिनामा दुई घण्टा भेट्न दिइने नियम बनाइएको छ । त्यसको लागि जेलमा छुट्टै कोठाको व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्