तेरापन्थ युवा परिषदले असोज १ मा बृहत रक्तदान गर्ने

विश्व को ५० भन्दा बढी देशका १००० भन्दा बढी शहरहरुमा २ हजार भन्दा बढी रक्तदान शिविर लाग्दै गरेको जानकरी दिदै नेपाल को बिरगंज , काठमान्डौ, किर्तिपुर, भक्तपुर, बिराटनगर, धरान, धुलाबारी, भैरहवा, राजबिराज लगायत शहरहरुमा एकै दिन एकै पल्ट १८ देखि २० वटा रक्तदान शिविर को आयोजना हुदैछ

सम्वादाता | २०७९ भदौ ३० गते १४: ०८ मा प्रकाशित

वीरगन्ज– तेरापन्थ युवा परिषद द्वारा आफ्नो ५५ औ स्थापना दिवसको अवसरमा आयोजना हुने एतिहासिक रक्तदान कार्यक्रम बारे नेपाल पत्रकार महासंघ पर्सा बिरगंज मा पत्रकार सम्मेलन को आयोजना गरि जानकारी दिएको छ । तेरापन्थ युवा परिषद का अध्यक्ष धिरज बोरडको अध्यक्षता मा भएको सो सम्मेलन मा पत्रकार महासंघ का उपाध्यक्ष युवराज खडका, तेरापन्थ युवा परिषद पर्सा का पुर्व अध्यक्ष राजेश बोथरा, सचिव नरेश भन्साली , कार्यक्रम संयोजक अभिषेक भन्साली, सह संयोजक हेमन्त बैध लगायत सन्चारकर्मिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा तेरापन्थ युवा परिषद को ५५ औ स्थापना दिवस यहि १ असोज २०७९ शनिवार को दिन बिरगंज लगायत नेपाल को बोभिन्न ९ सहरहरुमा एतिहासिक रक्तदान कार्यक्रम को आयोजना गर्न लागिएको छ जसमध्ये बिरगंजमा मात्र ५ स्थान तेरापन्थ भवन आदर्शनगर , घडियर्वा पोखरी, रहबर केयर बहुवरी,त्रीवेणी स्पिनिङ्ग मिल प्रा लि, हिप्को इन्फ्रा प्रा लि बेलवा मा रक्तदान कार्यक्रम को आयोजना हुदैछ । करिब ५०० पोका रगत सन्कलन गर्ने लक्ष्य रहेको परिषद का पुर्व अध्यक्ष बोहराले बताउनु भयो ।  विश्व को ५० भन्दा बढी देशका १००० भन्दा बढी शहरहरुमा २ हजार भन्दा बढी रक्तदान शिविर लाग्दै गरेको जानकरी दिदै नेपाल को बिरगंज , काठमान्डौ, किर्तिपुर, भक्तपुर, बिराटनगर, धरान, धुलाबारी, भैरहवा, राजबिराज लगायत शहरहरुमा एकै दिन एकै पल्ट १८ देखि २० वटा रक्तदान शिविर को आयोजना हुदैछ जसबाट लगभग १८ सय युनिट रगत संकलन गर्ने उद्देश्य रहेको छ । 

एकै दिनमा यति ठूलो स्तर्को रक्तदान कार्यक्रम नेपाल को इतिहासमा पहिलो पटक भएको बिज्ञपति मा जनाइएको छ । नेपाल र नेपाल जस्तो बिकासोन्मुख धेरै देशहरूमा कतिपय समयमा रगत नपायेर अनाहकमा ज्यान गुमाउनु परेको सर्वबिदितै रहेको जनाउदै विभिन्न भ्रम हरुको कारण रक्तदान गर्ने हरुको संख्यामा कमि रहेको छ र नेपालमा कसैलाइ रगत को आवस्यकता परेको खण्डमा ब्लड बैंक मा रगत जम्मा गरेर मात्र रगत उपलब्ध गराउने गरेको तथा नेपाल को कतिपय ब्लड बैंकहरुमा रगत उपलब्ध नै नरहेको दुख्द स्तिथी लाई ध्यानमा राखी रक्तदान बारे नचाहिदो भ्रम हरुलाइ तोडन र देशमा रहेको रगतको कमिलाइ केही हदसम्म पनि पुर्ती गर्ने मान्विय सेवा उद्देश्यले तेरापन्थ युवा परिषदले यो एतिहासिक महारक्तदान कार्यक्रम को आयोजना गर्न लागेको हो ।  १८ बर्ष देखि ६० बर्ष सम्मका एक स्वस्थ्य ब्यक्तिले प्रत्येक ३(३ महिनामा रक्तदान गर्न सकिन्छ र एक जना रक्तदाताले दिएको १ पिन्ट रगतले ३ जना सम्म को ज्यान बचाउन सकिने भएकोले आआफ्नो नजिक पायक पर्ने स्थानमा गयेर रक्तदान मा सम्पुर्ण महिला पुरुष तेश्रो लिङ्गी सम्पुर्ण लाई तेरापन्थ युवा परिषद पर्सा बिरगंज सादर आग्रह अनुरोध गर्दछौ भनी बिज्ञप्ति मा जनाइएको छ

 

प्रतिक्रिया दिनुहोस्