‘दबंग’ एसपी बोगटी बारा आउँदै

प्रहरी फोर्समा एसपी बोगटी ‘दबंग’ शैलीको पुलिसिङले चर्चित छन्

सम्वादाता | २०७९ सावन ८ गते १९: ०० मा प्रकाशित

काठमाडौ – नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय वारामा एसपी होबिन्द्र बोगटीको सरुवा भएको छ । प्रहरी फोर्समा एसपी बोगटी ‘दबंग’ शैलीको पुलिसिङले चर्चित छन् । वाराका यसअघिका एसपी दिलिप सिंह देउवाको एसएसपीमा बढुवा भएपछि बोगटीको बारा सरुवा भएको हो । डीएसपी हुदा जिल्ला प्रहरी कार्यालय पर्सामा बोगटीले गरेका काम कारवाहीले उनी चर्चित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतमलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।
भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा भएका छन् । युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्