काठमाडौं - ५ देखि ११ वर्ष उमेर समूहका बालिकाबालिका लागि कोरोनाविरुद्धको पेडियाट्रिक फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ९९ हजार २ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कतार एयरको उडानमार्फत आइतबार बिहान खोप आएको र यो खोप केही दिनअघि पहिलो चरणमा फाइजर खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो डोजको रुपमा खोप प्रयोग गरिनेछ ।
पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने स्वास्थ्य मन्त्रालयको योजना छ ।
यो माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यसअघि कोभ्याक्समार्फत २२ लाख डोज खोप प्राप्त गरेको थियो ।
बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।
प्रतिक्रिया दिनुहोस्