भोलि शुक्रबारदेखि बालबालिकालाई बुस्टर डोज दिइने

सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ ।

सम्वादाता | २०७९ जेठ २६ गते १९: ०६ मा प्रकाशित

काठमाडौं - सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अर्थात् भोलिदेखि सो उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो ।

पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज  मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०।२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०।३ एमएल दिनुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्