अजीत पवारको विमान दूर्घटनामा मृत्यु

वीरगंज । महाराष्ट्रका उपमुख्यमन्त्री तथा एनसीपी प्रमुख अजीत पवारको विमान दूर्घटनामा मृत्यु । महाराष्ट्रको बारामतीमा एउटा बिमान दूर्घटनामा उनको मृत्यु भएको डीजीसीएले पुष्टि गरेको हो ।

विमान २८ जनवरी (आज) का दिन बारामती विमानस्थलमा अवतरणको प्रयास गरिरहेको थियो । निर्धारित लैडिङ भन्दा केही बेर अगाडी विमान रनवे नजिक दूर्घटना भयो । विमानमा उनका साथ सुरक्षाकर्मी तथा कर्मचारी सहित अन्य व्यक्ति पनि सवार थिए, सवार सबैको सूची हालसम्म जारी गरिएको छैन ।

इण्डिया टुडेका अनुसार पवार स्थानीय निर्वाचन भन्दा अगाडी चुनावी कार्यक्रमका लागि बारामती जांदै थिए । यसबारे जांच जारी छ ।

प्रतिक्रिया दिनुहोस्