वीरगन्ज– अण्डर वर्ल्ड डन दाउद इब्राहिमको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । दाउदलाई उपचार गर्नका लागि पाकिस्तानको राजधानी कराँचीको एक अस्पतालमा भर्ना गरिएको बताइएको छ । यद्यपि, कराँचीको अस्पताल वा अन्य कुनै आधिकारिक स्रोतले दाउदको मृत्यु भएको बयान जारी गरेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनको शरीरमा विष सेवनको संकेत देखिएको छ । दाउदको मृत्युबारे पाकिस्तानले सत्य नबोल्ने जनाइएको छ । दाउदका आफन्तहरूलाई पनि घरमै नजरबन्दमा राखिएको खबर छ । यद्यपि, यो समाचारको पुष्टि हुन बाँकी छ । भारतको मोस्ट वान्टेड अपराधीको सूचीमा दाउदको नाम शीर्ष स्थानमा छ । दाउदले भारतमा ठूला आपराधिक घटनाहरू गराएका थिए । भारतले तीन दशकभन्दा बढी समयदेखि दाउदलाई न्यायको कठघरामा ल्याउने र सजाय दिने कोसिस गरिरहेको थियो । एजेन्सी
निर्वाचन अभियानकै क्रममा ट्रम्पले एक दिनमा युद्ध अन्त्य गर्ने घोषणा गरेका थिए। युक्रेनी सञ्चार माध्यम सूमिन्लेसँगको अन्तरवार्तामा जेलेन्सकीले निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुसार यो टिम युद्ध रोक्न लाग्ने नै कुरामा कुनै शंका गर्ने ठाउँ नभएको बताएका छन्।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।
गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्