विवाहको बहानामा वीरगन्ज ल्याउदै गरेकी नाबालिकाको उद्धार

रक्सौलस्थित भारतीय आयल निगम नजीकबाट बिहारको बछुअरा जिल्ला बेगुसराय निवासी नाबालिकाको उद्धार गरेको प्रनि शर्माले बताए ।

सम्वादाता | २०७९ चैत १५ गते १८: ०० मा प्रकाशित

वीरगन्ज– मानव तस्करी विरोधी एकाइ मुख्यालय रक्सौलका प्रहरी निरीक्षक मनोज शर्मा नेतृत्वको टोलीले एकजना भारतीय नाबालिकाको उद्धार गरेको छ । विवाह गर्ने भन्दै विहारको बेगुसराय बस्ने नाबालिकालाई नेपालको वीरगन्ज लैजाने क्रममा मानव तस्करी विरोधी एकाईको टोलीले रक्सौलमा युवकलाई नियन्त्रणमा लिएको छ ।

रक्सौलस्थित भारतीय आयल निगम नजीकबाट बिहारको बछुअरा जिल्ला बेगुसराय निवासी नाबालिकाको उद्धार गरेको प्रनि शर्माले बताए ।उद्धार गरिएकी नाबालिकाले आफूसँग फोनको माध्यमबाट युवकसँग चिनजान बढेको र नेपालमा उसको दिदीको घरमा जाने भनेर ट्रृेनबाट रक्सौल आएको बताइन् ।

नाबालिकासँग रहेको मोबाइलमा नेपाली नम्बरबाट बारम्बार फोन आएको र फोन रिसिभ गर्दा युवकले वीरगंज स्थित कैलाश होटल नजीक आएर फोन गर्न भनेको भारतीय प्रहरीले बताएका छन् । पछिल्लो कल प्रहरीले उठाएको थियो ।

प्रहरीले घटनामा संलग्न युवकविरुद्ध हरैया थानामा जाहेरी दर्ता गराएको र नाबालिकालाई निजको परिवारको जिम्मा लगाउने गरी काम अघि बढाएको प्रनि शर्माले बताए ।

नाबालिका उद्धारमा जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी परामर्शदाता आरती कुमारी, एन्टी ह्युमन ट्राफिकिङ टीमका उपनिरीक्षक नेहा सिंह, आरक्षी डोली रानी, मिकी कुमारीले सहयोग पु¥याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्