पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा लन्डनमा दिप प्रज्वलन

लन्डन सिटीका मेयर जोश मारगनले समेत दुखद विमान दर्घटनामा ज्यान गुमाएका प्रति समवेदना प्रकट गरेका छन् । 

सम्वादाता | २०७९ माघ १५ गते १०: १४ मा प्रकाशित

वीरगन्ज– नेपलीज कम्युनिटी अफ लन्डन ओनटारियोले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा दिप प्रज्वलन गरेको छ । गत १५ जेनवरीको दिन यति ऐयरलाइन्सको विमान काठमाडौबाट पोखरा जाने क्रममा दुर्घटनामा परेको थियो । ७१ जनाको शव बरामद भएपनि हालसम्म एकजनाको शव फेला परेको छैन् । 

स्पेशल इभेन्ट कोर्डिनेटर शिव डल्लाकोटीका अनुसार दिप प्रज्वलन गर्दै सहभागीले मृतक प्रति गहिरो समवेदना र शोक सन्तप्त परिवार प्रति गहिरो सहानुभूति अर्पण गरेका थिए ।

नेपलीज कम्युनिटी अफ लन्डले शनिबार भिक्टोरिया पार्कमा साझ ५ बजेदेखि ६ बजेसम्म दिप प्रज्वलन गरि समवेदना प्रकट गरेका थिए । लन्डन सिटीका मेयर जोश मारगनले समेत दुखद विमान दर्घटनामा ज्यान गुमाएका प्रति समवेदना प्रकट गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्