वीरगन्ज– बिहार भ्रमणका क्रममा रहेका नेपाली कांग्रेसका नेता कञ्चन झाले बिहारका शीर्षतः नेताहरुसँग भेटवार्ता गरेका छन् । बुधबार उनले बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री तेज प्रताप यादव र राष्ट्रिय जनता दल९आरजेडी० का संस्थापक नेता लालु प्रसाद यादवसँग भेटवार्ता गरेका हुन् ।
भेटघाटमा नेपाल–भारत ऐतिहासिक सम्बन्ध र सीमापार सम्बन्धबारे विशेष चर्चा भएको नेता झाको सचिवालयका प्रमुख जय साहले बताए । वर्षेनी सीमाञ्चलका जिल्लाहरुमा हुने डुबानका विषयमा पनि छलफल भएको जनाइएको छ ।
सो क्रममा आरजेडीका संस्थापक नेता यादवले बाराको गढीमाई मेलाबारे आफ्नो उत्सुकता राखेका थिए । नेता झाले वहाँलाई आउँदो गढीमाई मेलाका साथै पशुपतिनाथको दर्शन र मधेश भ्रमणको निम्तो दिएको साहले जनाएका छन् । भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहको निमन्त्रणामा कांग्रेसका नेता झा नेतृत्वको टोलि २ दिने बिहार भ्रमणको क्रममा छ ।
यस सिजनको अर्को आश्चर्य भने युजभेन्द्र चावल बने। उनी प्रति ६ क्लब इच्छुक देखिए। गुजरात टाइटान, चेन्नाई सुपर किङ्स, लखनाउ, रोयल च्यालेन्जर बंगलोर तथा सनराइजर्स हैदरावादले चासो देखाएका थिए। यी सबैलाई पार गर्दै पन्जाबले उनलाई १८ करोड भारतीय रुपैयाँमा आबद्ध गरायो।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले दुर्घटनालगत्तै दुःख व्यक्त गरेका छन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेको बीबीसीले जनाएको छ ।
गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए । उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्