रक्सौलबाट नरकटियागन्ज जाँदै गरेको रेलमा आगलागी

रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलेको छैन् ।

सम्वादाता | २०७९ असार १९ गते ११: ४८ मा प्रकाशित

विहार – वीरगन्जको सीमावर्ती सहर भारत विहारको रक्सौलबाट नरकटियान्ज गइरहेको रेलमा आइतबार विहान आगो लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार डिएमयू रेलको इन्जिनमा आगो लागेको हो । भेलवा नजिकै पुगेको बेला इन्जिमा लागेको आगो अन्य डिब्बाहरुमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो । रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्