वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा रेकर्ड वृद्धि

पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ ।

सम्वादाता | २०७९ जेठ २२ गते १९: ५६ मा प्रकाशित

पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर यस वर्षको मे महिनामा रेकर्ड बृद्धि भएको छ । नेशनल ओसो निक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए)) द्वारा हालै जारी गरिएको तथ्यांकअनुसारकार्बन डाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा हाल ५० प्रतिशतभन्दा भन्दा बढी छ ।
अमेरिकाको हवाइको मौना लोआ ज्वालामुखीमा एनओएएको मौसम स्टेसनमा मापन गरिएको कार्बनडाइअक्साइड मे महिनामा उच्च विन्दुमा पुगेको वैज्ञानिकहरूले ३ जुनमा घोषणा गरेका थिए ।
संसारभरका पावर प्लान्टहरू, अटोमोबाइलहरू, फार्महरू र अन्य स्रोतहरूले ठूलो मात्रामा कार्बन कार्बनडाइअक्साइडलाई वायुमण्डलमा फाल्दा ग्यासको मात्रा अत्यधिक बढेको छ । सन् २०२१ मा कुल ३६ दशमलब ३ अर्ब टन उत्सर्जन भएको थियो , जुन मानव इतिहासमै उच्चतम स्तर हो ।
‘विज्ञान अकाट्य छ । मानिसहरूले हाम्रो अर्थतन्त्र र पूर्वाधारले अनुकूलन गर्नुपर्ने तरिकामा हाम्रो जलवायु परिवर्तन गरिरहेका छन्’, एओएएका प्रशासक रिक स्पिनराडले भने ।
उनले अगाडि थपे, ‘हामी हरेक दिन हाम्रो वरपर जलवायु परिवर्तनको प्रभावहरू देख्न सक्छौं । मौना लोमा मापन गरिएको कार्बन कार्बनडाइअक्साइडको निरन्तरको बृद्धिले हामीले अझ बढी जलवायु तयार राष्ट्र बन्नको लागि तत्काल, गम्भीर कदम चाल्नु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्