प्राइम भिडियो सिरिज ‘पञ्चायत’को सिजन ३ अहिले स्ट्रिमिङ भइरहेको छ । ‘पञ्चायत’का अघिल्ला दुईवटै सिजनलाई दर्शकहरुले निकै रुचाएका थिए ।
पञ्चायत सिजन ३ मे २८ मा विश्वव्यापी रूपमा प्रिमियर भएसँगै यसको चर्चा चुलिएको छ । स्ट्रिमिङ सुरु भएको १४ दिनमा प्राइम भिडियोमा यो सबैभन्दा धेरै हेरिएको भारतीय सिरिज बनेको छ । सन् २०२० यसको पहिलो सिजन प्राइम भिडियोमा रिलिज भएसँगै दर्शकको रोजाइमा परेको थियो ।
यति मात्र होइन, सिजन २ ले २०२३ मा भारतको ५४ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा बेस्ट वेब सिरिज (ओटीटी) अवार्ड जित्यो । पञ्चायत सिजन ३ ले स्ट्रिमिङ सेवामा अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्दै भारत र विश्वभरका दर्शकहरूको मन जितिरहेको छ ।
आईएमडीबीमा सिरिजले तीनै सिजनमा ९.० रेटिङ पाएको छ । सरल कथा, रमाइला र हृदय छुने संवाद तथा दृश्य र उत्कृष्ट अभिनयका लागि विश्वभरका समीक्षक र दर्शकहरूबाट ‘पञ्चायत’ले प्रशंसा पाइरहेको छ ।
दीपककुमार मिश्रा निर्देशित सिरिजमा जितेन्द्र कुमार, नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय, दुर्गेश कुमार, पंकज झा र सान्विकाको मुख्य भूमिका रहेको छ । चन्दन कुमारको लेखन रहेको ‘पञ्चायत’लाई द भाइरल फिभरले निर्माण गरेको हो ।
पञ्चायतको नयाँ सिजन पनि फुलेरा गाउँका बासिन्दाहरुको रमाइलो कथा, हाँसो, राजनीतिक चुनौती र नोंकझोंकमा केन्द्रित छ ।
सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन्। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए ।
ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् ।
बंगलादेशले लिएको ऋणको सम्बन्धमा कुरा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशमा एक टोली पठाउँदैछ । बंगलादेशको आर्थिक अवस्थामा सुधार ल्याउन पनि कोषको टोलीसँग छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्