डलर बचत गर्न बंगलादेशले नोरा फतेहीलाई नृत्य गर्ने अनुमति दिएन

बंगालादेशको केन्द्रीय बैंकले डलरको बचत गर्न जारी गरेको सर्कुलरुलाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ ।

सम्वादाता | २०७९ कार्तिक १ गते १२: २८ मा प्रकाशित

ढाका– बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा हुने कार्यक्रममा नृत्य प्रदर्शन गर्न अनुमति दिन अस्वीकार गरेको छ । मितव्ययिता अपनाउन र डलरको बचत गर्न सरकारले प्रदर्शनको अनुमति नदिएको इनडीटीभीले उल्लेख गरेको छ ।

विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चितिलाई कायम राख्ने उद्देश्यलेु नोराको नृत्य प्रदर्शनीलाई अनुमति नदिएको बंगलादेशको संस्कृति मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ । वुमन लिडरसिफ कोर्पोरेशनको आयोजनामा हुने कार्यक्रममा नृत्य गर्न र अवार्ड वितरण गर्न नोरालाई ढाका आमन्त्रित गरिएको थियो ।

बंगालादेशको केन्द्रीय बैंकले डलरको बचत गर्न जारी गरेको सर्कुलरुलाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ ।
बंगलादेशले लिएको ऋणको सम्बन्धमा कुरा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशमा एक टोली पठाउँदैछ । बंगलादेशको आर्थिक अवस्थामा सुधार ल्याउन पनि कोषको टोलीसँग छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्