छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि पुष १० सम्म आवेदन दिन पाइनेछ

सम्वादाता | २०७९ भदौ १७ गते ०९: ४५ मा प्रकाशित

 

काठमाडौँ — छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र २ गतेदेखि ६ गतेसम्म आयोजना हुने भएको छ । विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवु भन्ने नारासहित सुरु हुने महोत्सवका लागि पुष १० सम्म आवेदन दिन पाइनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फिचर, लघु, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको विधामा आवेदन दिन पाइने आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा शुल्क लागे पनि राष्ट्रिय प्रतिस्पर्धाका विधामा फिल्मकर्मीले निस् शुल्क आवेदन दिन पाइने बताइएको छ ।

 महोत्सवका लागि टिम क्वेष्टसँग भेन्यू पार्टनरका लागि सम्झौता भएको छ । निफको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान र टिम क्वेटबीच पाँच वर्षका लागि सम्झौता भएको हो । सम्झौतामा निफका अध्यक्ष केपी पाठक र टिम क्वेष्टका महाप्रबन्धक प्रशंसा पाण्डेले हस्ताक्षर गर्दै निफमा छनौट भएका फिल्महरु हलको सबैभन्दा ठूलो च्यानल रहेको क्युएफएक्समा देखाइने पक्का भएको हो ।

प्रतिक्रिया दिनुहोस्