काठमाडौँ — बलिउड स्टार सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा १७ जना नेपाली कलाकार तथा सांगीतिक समूह सहभागी हुने भएका छन् ।
दवंग टुर नेपाल–रिलोडेड’ नामको सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु शिव परियार, त्रिशाला गुरुङ, स्वप्न सुमन, सुनिता दुलाल, सुवानी मोक्तान, सुशान्त केसी, सन्जु मोक्तान, समिर श्रेष्ठ, प्रवेशकुमार श्रेष्ठ, तुना बेल थापा सहभागी हुने आयोजक ओडीसी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए । उनका अनुसार, कार्यक्रममा नृत्यतर्फ माला लिम्बु, मुना गौचनको प्रस्तुति रहने छ । दिउँसो १२ बजेदेखि खुला हुने रंगशालामा डिजेबाट सांगीतिक कार्यक्रमको सुरु हुनेछ । आयोजकले डिजेहरुमा रोहित शाक्य, प्रेम र रेडमससँग सम्झौता गरेको जनाएको छ ।
त्यसैगरी उक्त कार्यक्रममा अर्केस्ट्रातर्फ कलंकीमा रहेको एलआरई स्कुलको प्रस्तुति राखिएको छ । उक्त विद्यालयका कलाकारले राष्ट्रिय गान लगायतका प्रस्तुति दिनेछन् ।
आयोजकमध्येका राजीव श्रेष्ठका अनुसार, १२ बजेदेखि खुला हुने रंगशालामा पहिले नेपाली कलाकारहरुको प्रस्तुति रहने छ । जब साँझ पर्ने छ, सलमान खानसहित बलिउड कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । यो कार्यक्रमका लागि सलमान तीन दिनअघि काठमाडौं आइपुग्ने छन् ।
पहिलो दिन साँझमात्रै काठमाडौं ओर्लिने सलमान दोस्रो दिन बिहान बलिउड कलाकार तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेका साथ हेलिकप्टरमा सगरमाथा अवलोकन गर्नेछन् । पर्वतीय उडानमा सलमान खान सगरमाथा क्षेत्रमा ब्रेकफास्ट गर्नेछन् । यो कार्यक्रमले भारतीय पर्यटक नेपालमा आकर्षित हुने आयोजकको अपेक्षा छ । ‘५ वटा हेलिकोप्टरसँग सम्झौता भइसकेको छ,’ प्रबन्ध निर्देशक गुरुङले भने, ‘नेपालमा पछिल्ला वर्ष नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सि चिनफिङ आए र सलमान खान त्यसपछिका भीभीआईपी अतिथि कलाकार हुन उनले नेपाल घुमेको खबरले हाम्रो कोरोनाले सुस्ताएको पर्यटन बजारलाई माथि उठाउन मद्दत पुग्नेछ ।’
सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन्। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए ।
ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् ।
बंगलादेशले लिएको ऋणको सम्बन्धमा कुरा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशमा एक टोली पठाउँदैछ । बंगलादेशको आर्थिक अवस्थामा सुधार ल्याउन पनि कोषको टोलीसँग छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्