वीरगन्ज – बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुँदैछ । कार्यक्रमका लागि सलमानसहितको टिम जेठ १२ गते काठमाडौं ओर्लिने भएका छन् । कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् । जेठ १३ का लागि उनको व्यस्त ‘सेड्युल’ छ । १३ गते बिहानै उनले उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग ब्रेकफास्ट मिटिङ गर्ने तालिका छ । त्यसलगत्तै सलमान सगरमाथा माउण्टेन फ्लाइटमा जानेछन् । मौसमले साथ दिएमा उनी लुक्लासम्म जाने जनाइएको छ । माउण्टेन फ्लाइटबाट साँझ काठमाडौं फर्किएर आराम गर्ने र बेलुका उद्योगी–व्यवसायीसँग भेट गर्ने सलमानको तालिका छ । त्यसपछि उनले भोलिपल्ट अर्थात जेठ १४ गते दशरथ रंगशालामा हुने कार्यक्रमका लागि तयारी गर्नेछन् । कार्यक्रमका लागि सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नाण्डेज, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा, आयुष शर्मा लगायत भारतीय कलाकार नेपाल आउँदैछन् । कार्यक्रममा गायक शिव परियार, सुशान्त केसी, गायिका सुबानी मोक्तानलगायतले सांगीतिक प्रस्तुति दिनेछन भने अभिनेत्रीहरु माला लिम्बू र मुना गौचनले नृत्य प्रस्तुत गर्नेछन् ।
सौराहा क्षेत्रमा थप दुई खोरमै राखिएका छन्। प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले निकुञ्जभित्र राखिएका ती बाघलाई निकुञ्जभित्र वा बाहिर वन्यजन्तु उद्धार केन्द्र देवनगरमा खोरको व्यवस्था गरी देखाउन सकिने बताए ।
ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् ।
बंगलादेशले लिएको ऋणको सम्बन्धमा कुरा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशमा एक टोली पठाउँदैछ । बंगलादेशको आर्थिक अवस्थामा सुधार ल्याउन पनि कोषको टोलीसँग छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्